वर्षा र हिमपातका कारण मुगु एमाले अधिवेशन सर्यो

वर्षा र हिमपातका कारण मुगु एमाले अधिवेशन सर्यो


  • 6.6K
    SHARES
    • पौष २२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    वर्षा र हिमपातका कारण मुगु एमाले अधिवेशन सर्यो

    मुगु, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी एमाले मुगुको ८ औँ जिल्ला अधिवेशन सरेको छ । २३ पुसमा हुने भनिएको जिल्ला अधिवेशन चार दिनपछि पुस २७ का लागि सरेको हो । 

    images

    मुगुमा बुधबार रातिदेखि अविरल वर्षा र हिमपात भइरहेको छ । जसका कारण प्रतिनिधि र प्रमुख अतिथि सहभागिता हुन नसकेका कारण २७ अधिवेशनका लागि सरेको हो ।

    एमाले कर्णाली प्रदेश कमिटीको बैठकले १० वटै जिल्लामा २३ पुसमा गर्न निर्णय भए पनि हिमपातका कारण अधिवेशन स्थगित भएको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख डबलबहादुर रोकाया जानकारी दिए । 

    उनका अनुसार २७ पुसमा हुने अधिवेशनमा सम्पूर्ण पार्टी प्रतिनिधि, शुभेच्छुक, नेता कार्यकर्तालगायतलाई जानकारी गराएको रोकायाको भनाइ छ । 


     

     

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा