मेस्सी कोरोनामुक्त

मेस्सी कोरोनामुक्त


  • 8.0K
    SHARES
    • पौष २२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    मेस्सी कोरोनामुक्त

    काठमाडौं, २२ पुस । स्टार खेलाडी लियोनल मेस्सीको कोभिड(१९ परीक्षण रिर्पोट नेगेटिभ आएसँगै पेरिस सेन्ट जर्मेन ९पीएसजी० को प्रशिक्षणमा फर्किने भएका छन् । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले मेसीको कोभिड टेष्ट पोजेटिभ आएसँगै अर्जेन्टिना फर्केको जनाएको छ ।  

    images

    क्लबले कोरोना टेष्ट नेगेटिभ आएसँगै आगामी साता हुने लियोनसँगको खेलमा मेस्सी उपलब्ध हुनसक्ने जनाएको छ । संक्रमणकै कारण मेसीले सोमबार कप डे फ्रान्सअन्तर्गत भेनासविरुद्धको खेल गुमाएका थिए । किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पिएसजीले भेनासमाथि ४/० को सहज जित निकालेको थियो ।

    गत अगष्टमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब भित्रिएका मेसी लिग वानमा लय भेट्टाउन संघर्षरत छन् । पिएसजीबाट १६ खेल खेलेका ३४ वर्षीय मेसीले ६ गोल र चार असिस्ट गरेका छन् ।
     



    तेस्रो आँखा