भारतका चार राज्यमा रक्सी प्रतिबन्ध !

भारतका चार राज्यमा रक्सी प्रतिबन्ध !


  • 3.9K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.9K Views

    भारतका चार राज्यमा रक्सी प्रतिबन्ध !

    नयाँ दिल्ली। अहिले रामको नगरी अयोध्या प्रति भारत मात्र नभई सारा विश्वको नजर छ । अयोध्यामा आगामी २२ जनवरीका दिन राम मन्दिरको अभिषेक सम्बन्धी कार्यक्रम हुने भएको छ। जसका लागि अयोध्यामा तयारी तीव्र पारिएको छ । यसबाट अहिले भारतमा खुसीको लहर छाएको छ । यसैबीच, बीजेपी शासित धेरै राज्यका सरकारहरूले आगामी २२ जनवरीका दिन मदिरा बिक्रीमा प्रतिबन्ध लगाएका छन्। यसैबीच, उत्तराखण्ड सरकारले पनि प्राण प्रतिष्ठाको अवसरमा २२ जनवरीलाई ड्राई डे घोषणा गर्ने निर्णय गरेको छ।

    images

     उत्तराखण्ड एक्साइज कमिश्नर हरिचन्द्र सेमवालले हिजो यो आदेश जारी गरेका हुन्। आदेशमा भनिएको छ कि राज्यमा मदिरा लाइसेन्स धारकहरूले यस बन्दको लागि कुनै क्षतिपूर्ति पाउने छैनन् र यसका साथै उनीहरूले कुनै दाबी गर्न पनि सक्ने छैनन् ।


    तेस्रो आँखा