आठौं चरणको पहिलो खेलमा सातदोबाटो र संकटा बराबरीमा 

आठौं चरणको पहिलो खेलमा सातदोबाटो र संकटा बराबरीमा 


  • 6.8K
    SHARES
    • पौष २३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    आठौं चरणको पहिलो खेलमा सातदोबाटो र संकटा बराबरीमा 

    काठमाडौं,२३ पुस । संकटा क्लब र सातदोबाटो क्लबले बराबरी खेलेका छन् । जारी ए डिभिजन लिगको आठौं चरण अन्तर्गतको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लबले एक एक को बराबरी खेलेका हुन् ।

    images

    काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलिले पहिलो हाफमा एक एक गोल गरेका थिए । खेलको २२ औं मिनेटमा सुशिल राइले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । जय गुरुङले खेलको ३२ औं मिनेटमा गोल गर्दै संकटालाई खेलको बराबरीमा फर्काएपनि एक अंकमा चित्त बुझाउनु पर्यो ।

    दोस्रो हाफमा दुवैले गोल गर्ने केहि अवसर बनाए पनि गोल भने गर्न सकेनन् । यो खेलसंगै संकटा आठ खेलमा १४ अंक सहित तालीकाको तेस्रो स्थानमा छ भने समान आठ खेल खेलेको सातदोबाटो नौ अंक सहित तालीकाको नवौं स्थानमा छ ।  तालीकाको शिर्ष स्थानमा मछिन्द्र छ भने मनाङ मस्याङ्दी क्लब दोस्रो स्थानमा छ । 

  • सम्बन्धित विषय:

  • # खेलकुद

  • तेस्रो आँखा
    लेखकबाट थप