अखिल नेपाल फुटबल संघ निर्वाचन जेठ  १५ मा हुने

अखिल नेपाल फुटबल संघ निर्वाचन जेठ  १५ मा हुने


  • 8.3K
    SHARES
    • पौष २३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    अखिल नेपाल फुटबल संघ निर्वाचन जेठ  १५ मा हुने

    काठमाडौं, २३ पुस । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचन आगामी १५ जेठ गते हुने भएको छ ।

    images

    एन्फा कार्यसमितिको बैठकले आवधिक निर्वाचनका लागि १५ जेठको मिति तय गरेको एन्फा स्रोतले जानकारी दियो । 

    वैशाख २०७५ मा भएको एन्फाको पछिल्लो निर्वाचनबाट कर्माछिरिङ शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । एन्फाको विधानअनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन गर्नुपर्छ ।

    वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङलगायत कार्यसमितिका सात असन्तुष्ट पदाधिकारी तथा सदस्यहरूले बैठकको लिखित माग गरेपछि एन्फाको बैठक बिहीबारलाई बोलाइएको थियो ।

    १९ एजेन्डामा छलफलका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्य किरण राईले थप्न चाहेका तीनसहित २२ विषयमा छलफल भइरहेको छ ।

    बिहीबार बैठक सम्पन्न नभएपछि शुक्रबारसम्म लम्बिएको थियो । 

     

  • सम्बन्धित विषय:

  • # अखिल नेपाल फुटबल संघ

  • तेस्रो आँखा