• ट्रेण्डिङ्ग :
भारतबाट फर्किएका थप ३ जनामा कोरोना  

भारतबाट फर्किएका थप ३ जनामा कोरोना  


  • 2.9K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    भारतबाट फर्किएका थप ३ जनामा कोरोना  

    काठमाडौं ४ माघ/ कञ्चनपुरको गड्डाचौकी नाकामा बिहीबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारत उत्तराखण्डको नैनीतालबाट घर फर्किरहेका बर्दियाका २ जनामा संक्रमण देखिएको हो । गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज प्रेम सिंह भण्डारीका अनुसार बिहीबार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो ।

    images

    उनीहरुलाई काउन्सिलिङ गरेर होम आइसोलेसनमा बस्ने गरी घरतर्फ पठाइएको उनले बताए । पुसयता गड्डाचौकी नाकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुस अन्तिम साता ३ जनामा संक्रमण देखिएको थियो भने माघ २ मा थप १ जनामा संक्रमण देखिएको थियो ।

    यसैगरी गौरीफण्टा नाकामा पनि बिहीबार ७९ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार पुसयता गौरीफण्टा नाका भएर घर फर्किनेमध्ये हालसम्म २० जनामा संक्रमण पुष्टि भएको छ । गड्डाचौकी र गौरीफण्टा नाकामा हालसम्म पुष्टि भएकाहरुमा नयाँ भेरियन्ट भने देखिएको छैन । सुरुमा देखिएका ९ नमुनाको राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा पूरानै भेरियन्ट पुष्टि भएको हो ।


    तेस्रो आँखा