तेस्रो आँखा
दाङ,पुस २४ । बाँकेमा बाघको आक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । यसअघि बिहिबार पनि बाँकेमा एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । शनिबार दाउरा काट्न जंगल गएकी बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ हब्रहवाकी चाँदनी थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
यसअघि बिहिबार राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ प्रसहवाकी लीला बिष्टको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो । यसैगरि शुक्रबार पनि राप्ती सोनारी ५ का बमबहादुर पुनलाई पनि बाघले आक्रमण गरेको थियो । तर उनि आक्रमणबाट जोगिएका थिए ।
