तुलसीपुर ५ माघ/ दाङको तुलसीपुर उपमहानगरपालिका १५ डुरुवा निवासी लालबहादुर डाँगीका छोरा १२ वर्षिय सौरन डाँगी ‘बोनम्यारो’ रोगबाट ग्रसित भएका छन् । सौरनको परिवारको आर्थिक अवस्था नाजुक भएकोले उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ । आर्थिक अभावका कारण उनको ‘बोनम्यारो’ फेर्न समस्या आएपछि परिवारले आर्थिक सहयोग गरिदिन अपिल गरेको हो ।
डाक्टरको सल्लाह अनुसार सौरनको ‘बोनम्यारो’ फेर्न सुरुमा १२ लाख लाग्ने भनेपछि आर्थिक अवस्था कमजोर भएकोले उक्त रकम जुटाउन नसक्ने भएकोले सहयोग गरिदिन सौरनकी आमा टिका डाँगीले अपिल गरेकी छिन् । जिल्लाका विभिन्न अस्पताल, नेपालगंञ्ज, काठमाडौं लगायतका विभिन्न अस्पतालमा चेकजाँच गराउने क्रममा सौरनलाई ‘बोनम्यारो’ रोगको समस्या देखाएको सौरनको आमाले बताइन् । डाक्टरले छिटो भन्दा छिटो ‘बोनम्यारो’ फर्न सुझाब दिएपनि आफूहरुले आर्थिक अभावका कारण फेर्न नसकेको बताइन् ।
साथै उनले यदि कोही कसैले सहयोग गर्न चाहेमा टिका डाँगीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको ४३६०१००००६८४३०१० खाता नम्बरमा रकम सहयोग गरिदिन आग्रह पनि गरेकी छिन् ।
