‘ओमिक्रोन’ मेला 

‘ओमिक्रोन’ मेला 


  • 10.1K
    SHARES
    • पौष २४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 15.6K Views

    ‘ओमिक्रोन’ मेला 

    तेस्रो आँखा
    दाङ,पुस २४ ।  कोरोनाको तेस्रो भेरियन्ट ‘ओमिक्रोन’ ले नेपालमा ठूलै ‘हलचल’ पैदा गराइसकेको छ । नेपालमा पछिल्लो पटक २४ जनामा यो भाईरस पुष्टि भएपछि ‘नेपालीजन’ लाई स्वास्थ्य सुरक्षा चुनौती थपिन थालिसकेको छ । सरकारले सार्वजनिक रुपमै ओमिक्रोनको खतराका बारेमा सचेत गराईसकेकाले यो भाइरसको संक्रमणको जोखिम ‘चानचुने’ बन्दै छैन भन्ने कुरालाई पुष्टि गर्छ नै । त्यसोत, पछिल्लो केही दिनयता बिभिन्न जिल्लाहरुमा कोरोना संक्रमणको दर उकालो लागिरहेको छ ।  

    images

    कोरोना जोखिमको नियन्त्रणको बहस समुदाय स्तरमा एकातर्फ चलिरहेको छ । अर्को तर्फ मानिसहरुको हुल जम्मा गर्ने मेला महोत्सवहरु समुदाय स्तरमै चलिरहेका छन् । सयौँ मानिसहरुको हुल जम्मा हुने यि मेला महोत्सवहरु ओमिक्रोन संक्रमणका लागि अधिक खतरनाक सावित हुनेछन् भन्नेमा कुनै सन्देह छैन । तथापी कोरोना संक्रमणको अधिक जोखिम मानिएका मेला महोत्सवहरुमाथि नियन्त्रण भने भएकै छैन ।

    अहिले पनि देशका बिभिन्न स्थानमा मेला महोत्सवहरु धमाधम चलिरहेका छन्, अँझै कति त चल्ने तयारीमै छन् । 
    दाङको तुलसीपुरमा केहि दिन ब्यापारिक महोत्सव आयोजना भयो । विवादकै बिच पनि झण्डै दुई साता सम्म चलेको महोत्सवको ब्यापारको लेखाजोखा आयोजकले गरिरहेकै होला । तथापी उक्त मेला कोरोना संक्रमणको कारण बन्यो कि बनेन भन्ने लेखाजोखा कसले गर्ने ? त्यसोत, तुलसीपुर क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत थुप्रै विद्यार्थीहरु कोरोना संक्रमति भएर घरमै बसिरहेका छन् । कतै ति विद्यार्थीहरुमा देखिएको कोरोना संक्रमणको थलो त्यहि महोत्सव त हैन ? 

    देउखुरीको रिहारमा माघ १ गते बृहत मेला लाग्छ । आउँदो १ गते पनि ‘रिहार मेला’ उसैगरि भरिभराउ हुने छ । अहिले नै मेलाका लागि टहराहरु भरिन थालिसकेका छन् । 
    त्यसोत, रिहार मेलाको पुरानो एउटा बिशेषता भनेको त्यहाँ रहेको बगारबाबा मन्दिरका बाहुल दर्शनार्थी भनेकै भारतीय नागरिक हुन् । रिहार स्थित बगारबाबाको दर्शनका लागि भारतीय दर्शनार्थी हुल बाँधेरै आए ‘ओमिक्रोन’ मज्जै संग रिहार मेला घुम्ने खतरा अधिक छ । त्यसोत, यसअघि पहिलो र दोस्रो चरणका कोरोनाका भेरियन्ट नेपालमा भित्रिएको थलो भनेकै भारत हो । 
    अहिले ओमिक्रोनको जोखिम पनि भारतबाटै छ । यसर्थ सरकारले चल्तीका नाकाहरुमा नेपाल भारत आउजाउ गर्नेहरुमाथि कडाई त गरिरहेकै छ । तर चल्तीका बाहेक अन्य नाकाहरुबाट रिहारमा बगारबाबाको दर्शन गर्न भारतीय तिर्थालुहरुलाई कसले रोक्ने ? त्यसोत, रिहारमा दर्शनका लागि आउने भारतीय तिर्थालुहरु बढिजसो दाङ र भारतको सीमा क्षेत्रका साना नाकाहरुबाट पैदल यात्रा गरेरै आउने गर्दछन् ।

    यसर्थ ओमिक्रोनको रोकथामका लागि बिशेष निगरानी रिहार मेला र रिहार मेला भित्रने भारतीय तिर्थालुहरु माथि हुनु जरुरी छ । यहि माघ १ मै घोराहीको बाह्रकुने मन्दिर परिसरमा पनि ठूलो मेला लाग्दैन छ । यो मेलामा भेला हुने ठूलो मास पनि कोरोना संक्रमणको उत्तिकै जोखिम बन्ने खतरा देखिन्छ । यो मेलामा त महोत्सवको समेत आयोजना गरिएको छ । यसैगरि दाङमा माघी पर्वका अवसरमा सांस्कृतिक महोत्सव समेत आयोजना गरिएका छन् । कतिपय महोत्सवहरु आयोजना भैरहेका छन् भने कतिपय हुने तयारीमा छन् ।

    यसैगरि केहि ब्यापारिक महोत्सवका लागि दाङमा अनुमती दिइसकिएको छ ।  प्रदेश स्वास्थ्य मन्त्रालयले अहिले नै महोत्सव रोक्ने बिषयमा संघीय सरकारबाट कुनै निर्णय भैनसकेको बताउँछ । ‘संघीय सरकारले मेला महोत्सव रोक्ने खालको कुनै पनि निर्णय गरेको छैन,’ प्रदेश स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरीले भने ‘यसर्थ अहिले महोत्सवका बिषयमा के गर्ने ? भन्ने निर्णयमा पुगिसकिएको छैन ।’

    यता दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मेला महोत्सवका बारेमा जिल्ला आपतकालिन केन्द्रको बैठकबाट आवश्यक निर्णय लिईने बताए । उनका अनुसार सबै स्थानीय तहका प्रमुखहरुसंगको बैठकबाट मेला महोत्सव सञ्चालन गर्न दिने वा नदिने भन्ने बिषयमा छलफल गरिने र सोही छलफलका आधारमा निर्णय लिईने उनको भनाई छ ।

    तर रिहार स्थित मेलामा आउने भारतीय नागरिकहरुको रोकथामका लागि पनि जिल्ला प्रशासन कार्यालयले चाहेर मात्रै नहुने उनको भनाई छ । ‘भारतीय नागरिकहरुलाई नेपाल आयातमा रोक लगाउन वा नाका सिल गर्नका लागि संघीय सरकारले नै भारत सरकारसंग समन्वय गरेर निर्णय गर्ने कुरा हो,’ उनले भने ‘हामीहरुले चाहेर नाका सिल हुने कुरा हुँदैन ।’


         


    तेस्रो आँखा