गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन

गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन


  • 2.9K
    SHARES
    • माघ ८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन

    बारा । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा आज प्राण प्रतिष्ठान भएको खुसियालीमा गढीमाई मन्दिरमा आज साँझ एक लाख ५१ हजार दीप प्रज्वलन गरिएको मन्दिरका पुजारी मङ्गल चौधरीले जानकारी दिए ।

    images

    सो अवसरमा जिल्लाका अधिकांश ठाँउमा कलश यात्रा, ¥याली, भजन मण्डली, किर्तन गरिएको थियो । आजका दिन गढीमाई मन्दिरलाई भव्यरुपमा सजाइएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिए । उनले यहाँका स्थानीय स्वतः आएर मन्दिरमा दीप प्रज्वलन गरेको बताए ।

    नेपाल र भारतको सदियौँदेखिको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ भएर जाने नगरप्रमुख यादवको भनाइ थियो ।


    तेस्रो आँखा