महायज्ञ स्थलमा सरसफाई

महायज्ञ स्थलमा सरसफाई


  • 5.6K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 8.5K Views

    महायज्ञ स्थलमा सरसफाई

    तुलसीपुर १२ माघ/मानव सेवा आश्रममा आश्रितहरुका लागि निर्माण गर्न लागिएको भवन निर्माणार्थ माघ १३ गतेदेखि शुरु हुन थालेको महायज्ञ स्थलमा सरसफाई गरिएको छ । नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी,तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी, महायज्ञ मुल आयोजक समितिमा आवद्ध र स्थानीयले अरणीको मैदानमा सरसफाई गरेका हुन ।

    images

    महायज्ञको अन्तीम तयारीको अबस्थामा महसुस हुने गरी पण्डाल निर्माणा, शौचालय निर्माण र सरसफाई लगायतका काम भएका छन् । भक्तजन तथा स्वयमसेवीहरुको सुबिधाका लागि प्रस्तत मात्रमा अस्थायी शौचालय निर्माण गरिएको मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतले जानकारी दिनुभयो । भागवत भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुने महायज्ञको शोभा कलस यात्रा माघ १३ गते बिहान ११ बजे, तुलसीपुर स्थीत नयाँ बसपार्कबाट हुने छ । माघ १३ गते दिनको साँढे १२ बजे मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट महायज्ञको समुदघाटन हुने भने माघ १९ गते लक्ष्यवत्ति दिप प्रज्वलन र माघ २० गते साझँ ४ बजदेखि ५ बजे सम्म समापन कार्यक्रम हुने सदस्य सचिव बुद्धप्रकास सिंहले जानकारी दिनुभयो ।

    प्रत्येक दिन बिहान ७ बजेदेखि पुजा एवं पाठ,११ बजेदेखि ४ बजे सम्म कथा वाचन,४ : १५ बजे आरती, ४ : ३० बजे प्रसाद ग्रहण र बेलुकी ७ बजदेखि ९ बजे सम्म सन्ध्याकालीन भजन प्रस्तुत हुने छ । प्रत्येक दिन बिहान ६ बजेदेखि योग कक्षा र बिद्यार्थीहरुका लागि केही समय सकारात्मक उर्जा सम्बन्धि कक्षा सम्मेत दिईने मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।


    तेस्रो आँखा