पर्खाल खसेर मजदुरको मृत्यु, दुई जना घाइते

पर्खाल खसेर मजदुरको मृत्यु, दुई जना घाइते


  • 3.2K
    SHARES
    • पौष २६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 4.9K Views

    पर्खाल खसेर मजदुरको मृत्यु, दुई जना घाइते

    सप्तरी, २६ पुस । सप्तरीको रुपनीस्थित रहेको विशाल इट्टा भट्टाको पर्खाल खसेर एक जना मजदुरको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

    images

    मृत्यु हुनेमा इट्टा भट्टामा कार्यरत सप्तरीको जगमोहनकी ४७ वर्षीया जतरीदेवी सदा रहेकी छन् । गम्भीर घाइते भएकी सदाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काप्लेले जानकारी दिएका छन् । 

    घाइते हुनेमा सोही भट्टामा कार्यरत ५० वर्षीय मंगल सदा, ४५ वर्षीय रमेश लोधरी रहेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको प्रवक्ता काफ्लेले भनाई रहेको छ । उनले भने, 'घाइतेको उपचारमा भट्टा मालिक सहयोग गरिरहेको छ । घटनाको मुचुल्का उठाइसकेको छ । अनुसन्धान भइरहेको छ ।'

     

     


    तेस्रो आँखा