• ट्रेण्डिङ्ग :
महायज्ञ परिषरमा हेल्थ डेस्क स्थापना

महायज्ञ परिषरमा हेल्थ डेस्क स्थापना


  • 7.8K
    SHARES
    • माघ १४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 12.1K Views

    महायज्ञ परिषरमा हेल्थ डेस्क स्थापना

    दाङ,१४ माघ/तुलसीपुरमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । माघ १३ बाट सुरु भएको महायज्ञको परिषरमा राप्ती लाइफ केयर अस्पतालले स्वास्थ्य सहायता कक्ष (हेल्थडेस्क) स्थापना गरेको छ ।

    images

    लायन्स क्लव अफ तुलसीपुर इशानको आयोजना र राप्ती लाइफ केयर हस्पिटल प्रालिको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । स्वास्थ्य सहायता कक्षमा आइतबार मध्यान्ह् सम्ममा २७ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । हेल्थडेस्कमा ब्ल्ड प्रेसर, सुगर, ज्वोरोको निःशुल्क परिक्षण गरिने नर्स जिरा चन्दले बताइन् ।

    यसैगरी महायज्ञमा आएको भक्तजनहरुलाई चोटपटक लागेको अवस्थामा सामान्य स्वास्थ्य उपचार गरिने उनले जानकारी दिइन् । मानवता प्रर्वद्धन महाअभियान अन्र्तगत तुलसीपुर उपमहानगरपालिका–४ स्थित बनहरीमा मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञ सञ्चालन गरिएको हो । माघ २० गते सम्म सञ्चालन हुने महायज्ञको कथा वाचन भागवत भाष्कर कमलनयन गौतमले गरिरहेका छन् । महायज्ञमा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ ।


    तेस्रो आँखा