• ट्रेण्डिङ्ग :
लुम्बिनीका ४ जिल्लामा कुष्ठरोगीको संख्या उच्च

लुम्बिनीका ४ जिल्लामा कुष्ठरोगीको संख्या उच्च


  • 3.8K
    SHARES
    • माघ १४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.8K Views

    लुम्बिनीका ४ जिल्लामा कुष्ठरोगीको संख्या उच्च

    तिलोत्तमा १४ माघ/लुम्बिनी प्रदेशका चार जिल्लामा कुष्ठरोगीको संख्या उच्च रहेको पाइएको छ । प्रदेशका रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी र बाँके जिल्लामा कुष्ठरोगीको संख्या उच्च रहेको  लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा प्रमुख खिमलाल पाण्डेले बताए ।

    images

    ७१ औँ विश्व कुष्ठ रोग दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले लुम्बिनी प्रदेशमा मात्रै ५ सय ६५ जना बिरामी रहेको बताए । जसमध्ये लुम्बिनीमा मात्रै ५ सय ८४ कुष्ठरोगी रहेका छन् । सबै जिल्लामा छालारोग विशेषज्ञ पठाउन नसक्दा कुष्ठ रोगका बिरामीको पहिचान गर्न समेत नसकिएको उनको भनाइ छ ।

    अहिले पनि यो रोगको बारेमा समाजमा नकारात्मक धारणा रहेकाले त्यस्ता धारणलाई हटाउनु आवश्यक रहेको उनले बताए । समयमै उपचार भएको खण्डमा उक्त रोग निको हुने भएकाले बिरामीलाई हौसला दिन आवश्यक रहेको उनले बताए ।


    तेस्रो आँखा