विश्व शान्तिको कामनासहित लुम्बिनीमा मोन्लाम पूजा

विश्व शान्तिको कामनासहित लुम्बिनीमा मोन्लाम पूजा


  • 5.1K
    SHARES
    • माघ १५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 7.9K Views

    विश्व शान्तिको कामनासहित लुम्बिनीमा मोन्लाम पूजा

    लुम्बिनी, १५ माघ/बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवं मोन्लाम पूजा सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारण सहितको महागुरु भूम्छोक एवं प्राणीधान मोन्लाम पूजा आयोजना गरिएको हो । 

    images

    पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगत्को भलाइका लागि प्राथना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले बताउनुभयो । उहाँले लुम्बिनीमा धार्मिक गतिविधिलाई बढावा दिन यसपटक रिपोन्छे, लामा गुरु, भिक्षु र आनीको उपस्थितिमा भूम्छोक र मोन्लाम गरिएको बताउनुभयो ।

    महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा उपाध्यक्ष लामासहित प्रथम खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छेलगायत सहभागी हुनुभएको थियो ।  


    तेस्रो आँखा