कैलालीमा माघी पर्वमा तीन दिन सार्वजनिक बिदा

कैलालीमा माघी पर्वमा तीन दिन सार्वजनिक बिदा


  • 6.0K
    SHARES
    • पौष २७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    कैलालीमा माघी पर्वमा तीन दिन सार्वजनिक बिदा

    धनगढी, २७ पुस । कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    images

    माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले बताए ।

    यो गाउँपालिकामा थारू बाहुल्यता रहेको बताउदै उनले थारू समुदायले माघीसँगै १ माघदेखि नयाँ वर्षका रुपमा मनाउने हुँदा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताए  ।  

    उनका अनुसार ३० पुस देखि २ माघसम्म सार्वजनिक बिदा दिइएको छ । कैलारी गाउँपालिकाले गत वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिएको थियो । 
     

  • सम्बन्धित विषय:

  • # कैलाली
  • # माघी पर्व

  • तेस्रो आँखा