दाङ,१५ माघ/तुलसीपुरमा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको तेस्रो दिन करिब साढे १९ लाख आर्थिक संकलन भएको छ । सोमबार दिउँसो ३ बजेसम्म १९ लाख ४९ हजार ३ सय ५८ रुपैयाँ आर्थिक संकलन भएको छ ।
महायज्ञको तेस्रोदिन भक्तजनहरुको उल्लेखीय सहभागिता रहेको छ । महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको भिड समेत बढ्दो छ । भाष्कर कमलनयन गौतमले कथा वाचन शैलीले आ आफ्नो स्थानबाट उठि बेला९बेलामा नृत्य समेत गरेका छन् बिहान ११ बजेदेखि शुरु हुने कथा वाचान अपरान्ह् ४ बजे सम्म हुने गरेको छ । आइतबार दोस्रो दिन २ लाख ४६ हजार बढी रकम संकलन भएको छ ।
