• ट्रेण्डिङ्ग :
आर्थिक सहयोगका लागि अपिल

आर्थिक सहयोगका लागि अपिल


  • 5.7K
    SHARES
    • माघ १५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 8.8K Views

    आर्थिक सहयोगका लागि अपिल

    तुलसीपुर, १५ माघ/दुवै मृगौला फेल भएकी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौराकी १६ वर्षिय एन्जीला बुढाथोकीको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । दुवै मृगौला फेल भएर डायलायसीस गराइरहेकी उनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको हो ।

    images

    मृगौला फेल भएपछि उपचार गराउन आर्थिक समस्या परेकोले उपचारका लागि सबैसंग अपिल गरिएको आमा निशा बुढाथोकीले अपिल गरेकी छन् । ‘आर्थिक अभावका कारण छोरीको उपचार गराउन सकेको छैन् ।’ उनले भनिन्–‘सहयोगका लागि अपिल गर्दछु ।’ छोरीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताईन् ।

    उनले छोरीको उपचारका लागि ९८२९५२२६९७ मा सम्पर्क गरिदिन अनुरोध गरेकी छन् । उनले एनआईएमबि बैंकमा गिता कार्कीको खाता नम्बर ०३१०५३५०२५४३५९ मा पनि रकम जम्मा गर्न सकिने बताईन् । उनका अनुसार मृगौलाको उपचार गर्न करिब २० लाख  लाग्ने डाक्टरहरुले बताएका छन् । गत पुस २२ गते मृगौला फेल पत्ता लागेपछि अहिले डायलायसीस गरिरहेको उनले बताईन् ।


    तेस्रो आँखा