प्रधानमन्त्री कप : एपीएफको लगातार दोस्रो जित 

प्रधानमन्त्री कप : एपीएफको लगातार दोस्रो जित 


  • 6.0K
    SHARES
    • पौष २७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    प्रधानमन्त्री कप : एपीएफको लगातार दोस्रो जित 

    काठमाडौं, २७ पुस । एपिएफले बागमति प्रदेशलाई हराउँदै प्रधानमन्त्री कपमा लगातार दोस्रो जित निकालेको छ । 

    images

    मंगलबार कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा भएको टी - २० पुरुष क्रिकेटमा  एपीएफले बागमती प्रदेशलाई सात विकेटले हराएको छ। यो एपीएफको लगातार दोस्रो जित हो ।

    बागमतिले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले १८.४ ओभर खेल्दै तीन विकेट गुमाएर भेटायो। एपीएफलाई जिताउन लोकेश बमले २१ बलमा अर्धसतक प्रहार गरेका थिए। त्यस्तै, प्रदिप ऐरीले र सन्दिप जोराले नटआउट क्रमश ३६ र १५ रन बनाए ।

    बागमतिका लागि इशान पाण्डेले २९ रन, नन्दन यादवले २४ रन, सुवास खकुरेलले २१ रन र आदिल खानले १९ रन बनाए।  बागमतिका लागि रामनरेश गिरी, रिजन ढकाल र प्रतिस जिसीले एक-एक विकेट लिए ।

    यस्तै, एपीएफका लागी अविनास बोहराले दुई, कमल ऐरीले दुई विकेट लिए । कप्तान शरद भेषवाकर र किशोर महतोले एक-एक विकेट लिए। दुई खेलबाट चार अंक जोडेका एपीएफ समूह 'बी' को शिर्ष स्थानमा उक्लिएको छ । 

     


    तेस्रो आँखा