महायज्ञमा प्रतिदिन भक्तजनहरुको सहभागिता बढ्दै

महायज्ञमा प्रतिदिन भक्तजनहरुको सहभागिता बढ्दै


  • 4.4K
    SHARES
    • माघ १६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.8K Views

    महायज्ञमा प्रतिदिन भक्तजनहरुको सहभागिता बढ्दै

    तुलसीपुर १६ माघ/तुलसीपुरमा जारी महायज्ञमा प्रतिदिन भक्तजनहरुको सहभागिता बढ्दै गएको छ । भक्तजनहरुको उपस्थिती बाक्लो बन्दै गएपछि मंगलबार पण्डालको संरचना पनि थपिएको छ । २५ सय भक्तजन बस्नमिल्ने गरी पण्डाल बनाइएको थियो ।

    images

    तर भक्तजनहरुको सहभागिता बढ्दै गएपछि महायज्ञको चौथो दिन पण्डालको क्षेत्र बढाउनु परेको महायज्ञ मुल आयोजक समितिले बताएको छ । माघ १३ गतेदेखि सुरु भएको महायज्ञको चौथौँ दिनमा दिउँसो २ बजेसम्म ३ हजार बढीको सहभागिता रहेको छ बढ्दै दानदाता मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको सँख्या पनि बढ्दो रहेको छ ।

    महायज्ञको तेस्रो दिन सोमबार १९ लाख ८१ हजार ६८ रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो भने मंगलबार दिउँसो २ बजेसम्म करीव ११ लाख सहयोग संकलन भइसकेको छ । पण्डाल भरिभराउ छ । अधिकासं महिलाहरुको सहभागिता रहेको छ ।


    तेस्रो आँखा