ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार र माधवी आवश्यक्ता अनुुसार उपस्थित हुनेगरी छुटे

ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार र माधवी आवश्यक्ता अनुुसार उपस्थित हुनेगरी छुटे


  • 5.7K
    SHARES
    • पौष २८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार र माधवी  आवश्यक्ता अनुुसार उपस्थित हुनेगरी छुटे

    काठमाण्डाैं,२८ पुस । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले छाडेको छ । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनीहरुलाई छाडिएको सीआईबीका प्रमुख धिरज प्रताप सिंहले बताए । 

    images

    आवश्यक परेको बेला उपस्थित हुने गरी सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पतीलाई  छाडिएको उनकाे भनाइ छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका  सुवेदी दम्पित यही पुस ७ गते पक्राउ परेका थिए ।

    मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।

    ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय ५० जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर अझै अनुसन्धान नपुगेको भन्दै उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई नै फर्काइदिएको सरकारी वकिलकाे कायार्लयले जनाएकाे छ । 

  • सम्बन्धित विषय:

  • # केन्द्रीय अनुसन्धान व्युरो

  • तेस्रो आँखा
    लेखकबाट थप