काठमाडौं, २८ पुुस । नेपाल गोजिरियो कराते संघद्वारा सुमन तिमल्सिना सम्मान्नित भएका छन् । सुमन दुई फरक अन्तराष्ट्रिय अनलाइन कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडी हुन् ।
बुधबार नेपाल कराते गोजुरियो डो संघ एवं एसियाल गोजुरियो कराते महासंघका महासचिव बी.आर. मित्र र सागा एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रालिका निर्देशक स्वच्छम गुरुङले सुमनलाई खादा र प्रशंसा पत्रको साथमा एक कार्यक्रमकाबीच सम्मान गरेका हुन्।
सुुमनले डिसेम्बर तीनदेखी पाँच तारिखसम्म भएको टोरोन्टो इन्टरनेसनल इ काता च्याम्पियनसिपमा सिनियर एकल पुरुष कातामा स्वर्ण जितेका हुन्। प्रतियोगिता नर्थ अमेरिका स्पोर्ट्स कराते एसोसिएसन, क्यानडाले आयोजना गरेको हो।
सुमनले वल्र्ड युनीयन मार्सल आट्र्स फेडेरेसन, लण्डनले आयोजना गरेको वल्र्ड कप कराते इ काता च्याम्पियनसिपमा कास्य पदक जितेका थिए।
