काठमाण्डाैं,२८ पुस । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एशोसिएशनकाे आन्दोलन जारी छ। बारका पदाधिकारीसहित कानून व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका छन् ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले सर्वोच्चमा प्रदर्शन गरेको नेपाल बार एशोसिएशनले जनाएको छ । प्रदर्शनी पछी बोल्दै अधिवक्ता कीर्तिनाथ शर्माले कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ गराउनका लागि भइरहेको बताए। उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए।
न्यायालयमा देखिएको विकृति र विसंगतिका विरुद्ध आन्दोलन गरिएको भन्दै शर्माले न्यायलयमा स्वच्छ र पारदर्शिता कायम हुनु पर्ने माग गरे । प्रधानन्यायधिश चोलेन्द्र समशेरले राजीनामा नदिदासम्म आन्दोलन जारी रहने उनले जानकारी दिए ।
