काठमाडौं,२८ पुस । जारी दोस्रो चरणको टाइगर कपमा आर्मीले पहिलो हार बेहोरेको छ । बुधबार पोखरा रंगशालास्थित भलिबल टे«निङ सेन्टरमा भएको टाइगर कप महिला तथा पुरुष भलिबलको पुरुषतर्फको खेलमा हेल्प नेपालसँग त्रिभुवन आर्मी ३—० को सोझो सेटमा पराजित भएको हो ।
हेल्प नेपालले आर्मीलाई २५—१५, २५—२१ र २५—२२ को सोझो सेटमा हराएर खेलमा पहिलोे जित दर्ज गरेको हो । यस अघि पहिलो खेलमा हेल्प नेपाल विभागिय टिम नेपाल पुलिस क्लबसँग ३—२ को सेटले पराजित भएको थियो । पहिलो खेलमा एपीएफलाई हराएको आर्मीले हेल्प नेपालसँग पराजित भएसँगै यस खेलमा उसले बेहोरेको यो पहिलो हार हो ।
