राजसंस्था र हिन्दुराज्य जनताबीच लोकप्रिय मुद्दा बने : राजेन्द्र लिङदेन

राजसंस्था र हिन्दुराज्य जनताबीच लोकप्रिय मुद्दा बने : राजेन्द्र लिङदेन


  • 7.7K
    SHARES
    • पौष २८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    राजसंस्था र हिन्दुराज्य जनताबीच लोकप्रिय मुद्दा बने :  राजेन्द्र लिङदेन

    काठमाण्डाैं,२८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दुराज्य जनताबीचमा लोकप्रिय मुद्दा बनेको बताएका छन् । आज पार्टी कार्यालय धुम्बाराहीमा पार्टीका मनोनित कार्यसमिति सदस्यहरूलाइ सफत ग्रहण गराउँदै  उनले यस्तो बताएका हुन् । राजसंस्था र हिन्दुराज्य जनताका मूख्य मुद्दा भएकाले  आगामी दिनमा यसलाई आफ्नो पार्टीले मुल एजेन्डाका रुपमा स्थापित गराउदै लैजाने लिङदेनले बताए । 

    images

    उनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरे । आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो सत्य नभइ निष्पक्ष ढंगले पार्टी सदस्यहरु मनोनित गरेको अध्यक्ष लिङदेनले बताए । उनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि बताए ।

    पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारबिरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित मुद्दाहरु समेत लिएर अघि बढ्ने  लिङदेनको भनाइ छ ।  पार्टीमा मनोनयन सदस्यहरुको परिपूर्ति अहिले नै भइनसकेकोले अबका दिनमा लैङ्गिक, समावेशी र समानुपातिकताका हिसावले थप गिरने उनको भनाइ छ । पार्टीमा महिलाको संख्यालाई संविधानबमोजिम पुरा गर्ने प्रतिबद्दता जनाए ।

    हिजो  आन्तरिक प्रतिष्पर्धामा सहयोग गरेको नगरेको कुरालाई आधार नबनाइ आवश्यक व्यक्तिहरूलाइ पार्टीमा जिम्मेवारी दिइएको भन्दै असन्तुष्ट पक्षलाई समेत समेटेर लैजाने बताए । राजसंस्था र हिन्दुराज्य अहिले जनताको बीचमा लोकप्रिय मुद्दा बनेकोले अबका दिनमा यसलाई जनताले पत्याउने ढंगको रणनीतिका साथ आफ्करना मजोरीलाई समेत सच्याउँदै अघि बढ्ने  लिङदेनले बताए ।  

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा
    लेखकबाट थप