• ट्रेण्डिङ्ग :
जोकोभिचले आइसोलेसन नियम उल्लघंन गरेको स्वीकारे

जोकोभिचले आइसोलेसन नियम उल्लघंन गरेको स्वीकारे


  • 4.7K
    SHARES
    • पौष २८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    जोकोभिचले आइसोलेसन नियम उल्लघंन गरेको स्वीकारे

    एजेन्सी, २८ पुस । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले आइसोलेसन नियम उल्लघंन गरेको स्वीकार गरेका छन् ।  सामाजिक संजाल इन्स्टाग्राममार्फत टेनिस स्टार जोकोभिचले पछिल्लो महिना कोभिड संक्रमित हुँदा आफूले आइसोलेसनको नियम उल्लंघन गरेको स्वीकार गरेका हुन् ।

    images

    उनी १६ डिसेम्बरमा कोभिड(१९ बाट संक्रमित भएका थिए । यस्तै, उनले कोभिड फारमसमेत गल्ती भरेको र अष्ट्रेलियामा पत्रकारलाई अन्तर्वार्ता दिएको बताएका छन् । उनले भनेका छन्, ‘म स्विकार गर्छु गलत जानकारी भरेको हो ।’ 

    गत ६ जनवरीमा ग्रान्डस्लाम खेल्न अष्ट्रेलिया पुगेका ३४ वर्षीय जोकोभिचको स्थानीय सरकारले भिसा रद्द गरेको थियो । तर, सोमबार अदालतले सरकारको निर्णय खारेज गरेसँगै वर्षको पहिलो ग्रान्डस्लाम ओपन खेल्ने सम्भावना बलियो बनेको थियो । 

    यी खेलाडीले हालसम्म आफूले कोरोनाविरुद्धको खोप लगाएको वा नलगाएको ठोस प्रमाणसमेत देखाएका छैनन् । जसका कारण यस विषयले अहिले ठूलो रुप लिएको छ र जोकोभिचले ग्रान्डस्लाम खेल्नेमा पनि द्विविधा बढाएको छ । 


    तेस्रो आँखा