• ट्रेण्डिङ्ग :
अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय पक्राउ

अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय पक्राउ


  • 3.9K
    SHARES
    • माघ १९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.9K Views

    अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय पक्राउ

    काठमाडौँ, १९ माघ/प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट रु एक करोड बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    images

    पक्राउपर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

    उहाँले भन्नभयो, “क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रु एक करोड एक लाख २६ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको छ ।” उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 


    तेस्रो आँखा