पीएम कपः लुम्बिनीको पहिलो जित

पीएम कपः लुम्बिनीको पहिलो जित


  • 6.8K
    SHARES
    • पौष २९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    पीएम कपः लुम्बिनीको पहिलो जित

    काठमाडौं, २९ पुस । पीएम कपमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत टियु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश दुई लाई ४२ रनले हराउँदै पहिलोे जित दर्ता गरेको हो ।

    images

    बिहीबारको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ६१ रनको योगफल तयार पारेको थियो । १ सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश दुईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय १९ रन मात्र जोड्न सक्यो ।

    लुम्बिनीका लागि देव खनालले सर्वाधिक ३८ बलमा ५४ रन जोडेका थिए भने बसिर अहमद र सन्दीप रजालीले समान ३०-३० रन जोडेका थिए । प्रदेश दुई का लागि विवेक यादवले सर्वाधिक ३६ रन जाडे भने हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४-१४ रन बनाए।

    प्रदेश दुई का लागि विवेक यादव र रुपेश सिंहले समान दुई-दुई विकेट हात पारे भने हरिशंकर साह, महबुब आलम र विशाल सुसलिङले समान एक-एक विकेट लिए पनि टोलिलाई जित भने दिलाउन सकेनन् ।

    लुम्बिनीलाई जित दिलाउन अनिल खरेलले सर्वाधिक पाँच विकेट लिए भने कृष्ण कार्की, सिद्धान्त शाही र बसिर अहमदले एक-एक विकेट लिए । यस अघि लुम्बिनी आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग ४९ रनले पराजय भएको थियो । प्रदेश दुइले भने तीन खेलमा बेहोरेको यो दोस्रो हार हो । 
      

  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • # पीएम कप

  • तेस्रो आँखा