पीएम कपः एपीएफ २ रनले विजयी

पीएम कपः एपीएफ २ रनले विजयी


  • 7.2K
    SHARES
    • पौष २९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    पीएम कपः एपीएफ २ रनले विजयी

    काठमाडौं, २९ पुस । विभागीय टोली एपीएफले गण्डकी प्रदेश माथि दुई रनको रोमाञ्चक जित हासील गरेको छ ।

    images

    बिहीबार समूह बी अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप २० पुरुष राष्ट्रिय प्रतियोगितामा भएको खेलमा ९३ रनको लक्ष्य पछ्याएको गण्डकीलाई एपीएफले ९० रनमै रोकेर जित निकालेको हो ।

    ९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निधारित २० ओभरमा ७ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । गण्डकीका लागी कप्तान विपिन अत्रीले ३६ रन, विधान श्रेपठले २९ रन बनाए । गण्डकीका लागी कमल परियार ले सर्वाधिक तीन विकेट लिए भने विशाल पौडेलले दुई र कृष्ण पोखरेल, सुवाश भण्डारी र चन्द्र पौडेलले एक एक विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफका लागी प्रदिप ऐरीले १७, आसिफ शेखले १६, दिपक बोहोराले १५ रन जोडे । एपीउफका लागी कमल ऐरीले तीन, किशोर महतोले दुई र अविनाश बोहराले एक विकेट लिए । यो एपीउफको लागी लगातार तेस्रो जीत हो । गण्डकीको भने यो दोस्रो हार हो । 

  • सम्बन्धित विषय:

  • # पीएम कप

  • तेस्रो आँखा