च्यासलका कमल श्रेष्ठ र प्रदीप भण्डारीलाई कोरोना संक्रमण 

च्यासलका कमल श्रेष्ठ र प्रदीप भण्डारीलाई कोरोना संक्रमण 


  • 6.4K
    SHARES
    • पौष २९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    च्यासलका कमल श्रेष्ठ र प्रदीप भण्डारीलाई कोरोना संक्रमण 

    काठमाडौं, २९ पुस । च्यासल युथ क्लबका दुई खेलाडी कमल श्रेष्ठ र प्रदीप भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    सहिद स्मारक 'ए' डिभिजन लिगको आठौं चरणको खेल सकिसकेको छ । नवौं चरणको खेलअघिको पत्रकार सम्मेलनमा च्यासल युथ क्लबका सहायका प्रशिक्षक आशिक थापा मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएका बताएका छन् ।

    आठौं चरण अन्तर्गतको मनाङ मस्र्याङ्दी क्लबविरुद्धको खेल खेल्न पोखरा गएको च्यासलको टिमका कमल श्रेष्ठलाई पोखरबाट फर्किएपछि कोरोना पुष्टि भएको हो । प्रदीप भण्डारीलाई भने बुधबारको कोरोना परिक्षणको क्रममा संक्रमण देखिएको थापाले बताए ।

    पोखरामा भएको मनाङ मस्र्याङ्दी क्लब बिरुद्धको खेलमा कमलले पूरा ९० मिनेट खेलेका थिए भने प्रदीप भने टोलीमा अटाएका थिएनन् ।