ए डिभिजन लिगमा आज दुई खेल, दर्शकको लागि खोप कार्ड अनिवार्य

ए डिभिजन लिगमा आज दुई खेल, दर्शकको लागि खोप कार्ड अनिवार्य


  • 6.6K
    SHARES
    • पौष ३०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    ए डिभिजन लिगमा आज दुई खेल, दर्शकको लागि खोप कार्ड अनिवार्य

    काठमाडौं, ३० पुस । सहिद स्मारका ए डिभिजन लिगअन्तर्गत शुक्रबार दुई खेल हुने भएका छन्। दशरथरंगशालामा एपिएफ र हिमालयन शेर्पाबीच खेल हुने छन्। 

    images

    आजको खेल हेर्न जाने दर्शकलाई कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएकोे छ ।

    आजको पहिलो खेल एपिएफ क्लब र हिमालयन शेर्पाबीच हुने छ भने दोस्रो खेल सातदोबाटो युथ क्लब र मनाङ मस्र्याङ्दीबीच हुने छ। 

    आठ खेलबाट सात अंक बटुलेर दशौं स्थानमा रहेको एपिएफ आजको खेलमा बाजी मार्दै आठौं स्थानमा उक्लिने दाउमा रहने छ भने आठौं चरणको खेल सकिदा ११ अंक बटुलेर छैठौं स्थानमा रहेकोे शेर्पा आजको खेल जित्दै पाचौं स्थानमा उक्लिने लक्ष्यमा रहने छ। 

    लिगको आठ खेल सकिँदा १९ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लब आजको खेलमा जित निकाल्दै शिर्ष स्थानमा उक्लन चाहान्छ भने आठ खेलमा नौ अंक जोडेको सातदोबाटो आजको खेल जित्दै  छैठौं स्थानमा उक्लिने दाउमा रहने छ। 

    पछिल्लो समयमा कोरोना संक्रमण ह्वातै बढेपछि शुक्रबारदेखि रंगशालमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने भएको छ। रंगशालामा दर्शकलाई खोप  कार्ड देखाएर मात्र प्रवेश दिइने छ भने प्याराफिटमा पनि भौतिक दुरी अनिवार्य गरिनेछ। 

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग

  • तेस्रो आँखा