पीएम कप : बागमतीको दोस्रो जित

पीएम कप : बागमतीको दोस्रो जित


  • 6.1K
    SHARES
    • पौष ३०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    पीएम कप : बागमतीको दोस्रो जित

    काठमाडौं, ३० पुस । प्रदेश २ लाई ५ विकेटले पराजित गर्दै बागमती प्रदेशले प्रधानमन्त्री ९पीएम० कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

    images

    कीर्तिपुरस्थित  टियु मैदानमा प्रदेश २ ले दिएको १५५ रनको लक्ष्य बागमतीले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५६ रनको बनायो । 

    बागमतीका लागि ईशान पाण्डेले सर्वाधिक ३२ रन जोडे । यस्तै,, लक्की कठायतले २८, प्रतीस जिसीले २२ रन गर्दा सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले समान २० रनको योगदान गरे ।

    प्रदेश २ का जितेन्द्र यादवले दुई विकेट लिँदा पार्थिक यादव, हरिशंकर साह र विवेक यादवले समान एक विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । 

    प्रदेश २ को लागि हरिशंकरले सर्वाधिक ५६ रन बनाए । यस्तै, विवेकले २८, कप्तान हासिम अन्सारीले २६ र मोहमद आदिल आलमले १२ रनको योगदान गरे ।

    बागमतीका रिजन ढकाल र विपिन आचार्यले समान दुई विकेट लिँदा प्रतीस जिसी र सुवास खत्रीले समान एक विकेट हात लिए ।

    यसअघि आफ्नो पहिलो खेलमा एपीएफ क्लबसँग २४ रनले पराजित भएको प्रदेश २ ले दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ विकेटले हराएको थियो । तेस्रो खेलमा लुम्बिनी प्रदेशसँग ४२ रनले पराजित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # पीएम कप
  • # बागमती

  • तेस्रो आँखा