पीएम कप : खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचको खेल स्थगित

पीएम कप : खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचको खेल स्थगित


  • 6.9K
    SHARES
    • माघ १, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    पीएम कप : खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचको खेल स्थगित

    काठमाडौं, १ माघ । खेलाडीमा कोरोना भाइरसको आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ । 

    images

    प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज  दुबै टिम बीच खेल तय भएको थियो । तर, प्रदेश–१ का खेलाडीमा कोरोनाको आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ । 

    आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ । 

    एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो । 

    पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश–१ले दोस्रो खेलमा पानिका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अंक बाँडेको थियो ।

     

  • सम्बन्धित विषय:

  • # पीएम कप

  • तेस्रो आँखा