ऐतिहासिक रभुवा मेला स्थगित 

ऐतिहासिक रभुवा मेला स्थगित 


  • 5.8K
    SHARES
    • माघ १, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    ऐतिहासिक रभुवा मेला स्थगित 

    खोटाङ, १ माघ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुवास्थित दुधकोसी किनारमा लाग्ने ऐतिहाँसिक माघे संक्रान्ति मेला रोकिएको छ ।

    images

    करिब २००७ सालभन्दा अघिदेखि लाग्दै आएको ऐतिहासिक मेला कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै स्थगित गरिएको हो । कोभिड–१९ को बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै रावाबेँसी गाउँपालिकाले ऐतिहासिक रभुवा मेलालाई रोक लगाएको हो । 

    कोभिडको जोखिमलाई नियन्त्रण गर्नका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार रभुवा तथा अन्य धार्मिक तिर्थस्थलमा लाग्ने मेलालाई रोक लगाइएको गाउँपालिकाले जनाएको छ । 

    खोटाङ र ओखलढुंगाको सीमानामा लाग्ने मेलालाई जिल्लामा ऐतिहासिक मेला मान्ने गरिन्छ। माघे संक्रान्तिको दुई दिन अघिदेखि नै सुरु हुने र चाररपाँच दिनसम्म लाग्ने ऐतिहासिक मेला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीय थोकवस्तुको बिनिमय गर्ने माध्यमका रुपमा परिचित छ ।

    माघे संक्रान्तिको अवसरमा दुधकोसीमा मकर नुहाउने र मेला भर्ने स्थानीयको भीड लाग्ने गरेको स्थानीय बताउँछन् । 

     

  • सम्बन्धित विषय:

  • # रभुवा मेला

  • तेस्रो आँखा