• ट्रेण्डिङ्ग :
सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र जारी गर्ने

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र जारी गर्ने


  • 4.4K
    SHARES
    • माघ २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.8K Views

    सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र जारी गर्ने

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले आफ्नो घोषणा पत्र जारी गर्ने भएको छ । सो संगठनले फागुन ५ गते बानेश्वरस्थित बानेश्वर बैंकटमा महासमितिमा उठान गर्ने प्रमुख एजेन्डासहितको घोषणापत्र जारी गर्ने भएको हो । 

    images

    आइतबार काठमाडौँमा बसेको महाअभियानको बैठकले सो निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले महाअभियान केन्द्रीय समन्वय समितिको सह–संयोजकद्वयमा क्रमशः कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र कांग्रेस नेता लोकेश ढकाललाई चयन गरेको छ । साथै कोषाध्यक्षमा भानुभक्त ढकाल चयन भएका छन् ।

    त्यस्तै संगठनको सल्लाहकार परिषदको संयोजकमा कांग्रेसका पूर्व केन्द्रीय सदस्य लक्ष्मणप्रसाद घिमिरेलाई जिम्म दिइएको संगठनका सह–संयोजक लोकेश ढकालले जानकारी दिए । आगामी दिनमा पनि चरणबद्ध रुपमा उक्त समितिलाई विस्तार गर्दै जाने पनि विज्ञप्तिमा जनाइएको छ ।  

    congress_VxJcu3BUuV.webp


    तेस्रो आँखा