• ट्रेण्डिङ्ग :
पछिल्लाे २४ घण्टामा चार हजार छ सय ३६ जनामा काेराेना संक्रमण पुष्टि

पछिल्लाे २४ घण्टामा चार हजार छ सय ३६ जनामा काेराेना संक्रमण पुष्टि


  • 6.4K
    SHARES
    • माघ १, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    पछिल्लाे २४ घण्टामा चार हजार छ सय ३६ जनामा काेराेना संक्रमण पुष्टि

    काठमाडौं १ माघ। पछिल्लो २४ घण्टामा चार हजार छ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार चार सय १२ पीसीआर परीक्षणमा तीन हजार सात सय ३ र चार हजार एक सय ४४ एन्टिजेन परीक्षणमा नौं ३३ जना गरी चार हजार छ सय ३६ जनामा कोरोना संक्रमण भएको हो।

    मन्त्रायलका अनुसार पछिल्लफो २४ घण्टामा तीन सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ।

    हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ पुगेको छ।

    पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा एक हजार पाँच सय ९१, ललितपुरमा चार सय ८६, भक्तपुरमा एक सय ४२ जना गरी उपत्यकामा दुई हजार दुई सय १९ जनामा संक्रमण पुष्टि भएको छ।
     
    त्यस्तै चितवनमा दुई सय ५,  मकवानपुरमा ८३,  सुनसरीमा एक सय १६,  मोरङमा एक सय ४,  धनुषामा ६९, नवलपरासी पूर्वमा ६६, कैलालीमा एक सय ७, कास्कीमा ७३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

    नुवाकोटमा १६, रामेछाप, सिन्धुपाल्चोक र पाल्पामा १५/१५, बाग्लुङ र स्याङ्जामा १४/१४, बारा र सिन्धुलीमा १३/१३ ओखलढुंगा र सप्तरीमा ११/११ झापामा ४०, पर्सा र बाँकेमा ३९/३९, काभ्रेमा ३७, दाङमा ३०, तनहुँमा २५, सिरहामा २३, सुर्खेतमा २२, सर्लाहीमा १९, महोत्तरीमा १८ जनमा संक्रमण पुष्टि भएको छ ।

  • सम्बन्धित विषय:

  • # corona

  • तेस्रो आँखा