• ट्रेण्डिङ्ग :
एकै पटक नौ जनालाई टोक्ने कुकुर नियन्त्रणमा

एकै पटक नौ जनालाई टोक्ने कुकुर नियन्त्रणमा


  • 3.1K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.8K Views

    एकै पटक नौ जनालाई टोक्ने कुकुर नियन्त्रणमा

    फिदिम २९ माघ/पाँचथरको सदरमुकाम फिदिम बजारमा सोमबार बिहान एउटै कुकुरले टोक्दा नौ जना घाइते भएका छन् । बिहान सदरमुकाम फिदिमको वडा नम्बर १ र ४ का मा कुकुरले यत्तिका नागरिकलाई टोकेको हो ।

    images

    कुकुरले टोकेका ९ मध्ये २ जनाको शरीरमा गम्भीर चोट लागेको पाँचथर अस्पतालले जनाएको छ । उनीहरू सबैको उपचार जिल्ला अस्पताल पाँचथरमा भइरहेको छ । नौ जनालाई एकै बिहान टोकेको कुकुरलाई नगरपालिकाका कर्मचारी र प्रहरीले कहिबेर अघि नियन्त्रणमा लिएका छन् ।

    कुकुरलाई रेबिज सङ्क्रमण भए नभएको परीक्षणका लागि डिएनए टेस्ट गर्ने तयारी भइरहेको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका प्रमुख डाक्टर मनोज महतोले बताउनुभयो । 


    तेस्रो आँखा