एपीएफको महिला टोलीलाई पहिलो टाइगर कपको उपाधि 

एपीएफको महिला टोलीलाई पहिलो टाइगर कपको उपाधि 


  • 6.2K
    SHARES
    • माघ १, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    एपीएफको महिला टोलीलाई पहिलो टाइगर कपको उपाधि 

    काठमाडौं, १ माघ । त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो पटक टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

    images

    पोखरामा शनिबार सम्पन्न महिलातर्फको फाइनलमा आर्मीविरुद्ध एपीएफले २५–२३, २५–१५, २५–२० को सेटमा जित निकाल्यो ।

    प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिसले जितेको थियो । यस पटक भने पुलिस चौथो स्थानमा रह्यो ।

    विजेता एपीएफले तीन लाख रुपैयाँ र उपविजेता टोली आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फको तेस्रो स्थानका लागि न्यु डाइमन्ड एकेडेमी र पुलिसबीच शनिबारै प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगितामा महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल, साबिक विजेता पुलिस, एपीएफ, आर्मी र  न्यु डायमन्ड गरी पाँच टोली सहभागी थिए ।

    मंसिर २६ देखि सुरु भएको प्रतियोगिताको पुरुषतर्फ फाइनलमा हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # टाइगर कप
  • # एपीएफ

  • तेस्रो आँखा