मकर नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु

मकर नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु


  • 3.6K
    SHARES
    • माघ १, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    मकर नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु

    पाँचथर, १ माघ । पाँचथरमा मकर नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ । मकर नुहाउने क्रममा आज दिउँसो १२:४५ बजे जिल्लाको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो । 

    images

    बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा करिब ४ किलोमिटर दक्षिणमा बुढाथोकीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

    तुम्बेवा–२ हाकपारामा नदी किनारामा बुढाथोकीको शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय रबीबाट प्रहरी निरीक्षक केशव अधिकारीको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मकर स्नान

  • तेस्रो आँखा