• ट्रेण्डिङ्ग :
आर्मी र सशस्त्रलाई दोस्रो टाइगर कपको उपाधि

आर्मी र सशस्त्रलाई दोस्रो टाइगर कपको उपाधि


  • 6.1K
    SHARES
    • माघ १, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    आर्मी र सशस्त्रलाई दोस्रो टाइगर कपको उपाधि

    पोखरा, १ माघ । पोखरामा सम्पन्न दोस्रो टाइगर कप भलिबलको उपाधि आर्मी र सशस्त्रले जितेका छन् । पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टसलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।

    images

    शनिबार भएको फाइनमा टिपटपलाई ३–१ को सेटमा पराजित गरेको हो । आर्मीले २५–१८, २४–२६, २५–१८ र २५–१९ को सेटमा पराजित गर्दै आमन्त्रित क्लब स्तरीय भलिबल च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको हो ।

    आगामी लिग चरणमा भने टिपटपसँगै पराजित भएको थियो । महिला तर्फ भने आर्मीलाई पराजित गर्दै सशस्त्र प्रहरी बलले उपाधि रक्षा गरेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा सञ्चालित प्रतियोगिताको विभागीय डर्बीको फाइनलमा सशस्त्रले आर्मीमाथि सोझो सेटमा पराजित गरेको हो ।

    विजेता महिला तथा पुरुष दुवै टोलीले नगद ३र३ लाख रुपैयाँ सहित ट्रफी प्राप्त गरेका छन् । उपविजेता दुवै टोलीले समान नगद १ लाख ५० हजारका दरले प्राप्त गरे । पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो बन्यो । महिलातर्फ भने न्यु डायमन्ड स्पोर्टस क्लबले तेस्रो भएको छ । तेस्रो हुनेले ७५र७५ हजार पाएका हुन् ।

    प्रतियोगितामा महिलातर्फ एपीएफकी सरस्वती चौधरी र पुरुषतर्फ आर्मीका धनबहादुर भट्ट उत्कृष्ट खेलाडी घोषित भए । उनीहरूलाई  २५र२५ हजार नगद प्रदान गरिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # टाइगर कप

  • तेस्रो आँखा