पिएम कप : लुम्बिनी सँग गण्डकी पराजित 

पिएम कप : लुम्बिनी सँग गण्डकी पराजित 


  • 5.2K
    SHARES
    • माघ २, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    पिएम कप : लुम्बिनी सँग गण्डकी पराजित 

    काठमाडौं, २ माघ । प्रधानमन्त्री कप २० पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनीसँग गण्डकी पराजित भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको हो ।

    images

    यो हारसँगै गण्डकी जितविहिन हुँदै आफ्नो यात्रा टुंग्याएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको गण्डकीले १९.१ ओभरमा सबै विकेट गुमाएर एक सय चार रनको योगफल तयार पारेको थियो ।

    एक सय पाँच रनको लक्ष्य पछ्याएको लुम्बिनीले १३.१ ओभरमा पाँच विकेट गुमाएर भेटायाे। लुम्बिनीका लागि देव खनालले ५६, सुशान्त थापाले २६ र कप्तान कृष्ण कार्कीले आठ रन जोडेका थिए।

    लुम्बिनीका लागी अनिल खरेलले तीन विकेट, कृष्ण कार्कीले दुई विकेट लिए भने दुर्गेश गुप्ता, अनिल खरेल, तुलबहादुर थापा र दिपेन्द्र रावतले समान एक एक विकेट लिए। गण्डकीका लागी अनिल गुरुङले ५०, कप्तान विशाल पौडेलले १६, विधान श्रेष्ठले १४ र गोविन्द विकले १२ रन जोडे ।

    गण्डकीका सुवास भण्डारीले तीन विकेट लिँदा विशाल पौडेल र अशोक श्रेष्ठले एक एक विकेट लिए। यस समूहबाट एपिएफले विजेताको रुपमा र बागमतीले उपविजेताको रुपमा सेमिफाइनल यात्रा तय गरिसकेका छन् ।  

  • सम्बन्धित विषय:

  • # पिएम कप

  • तेस्रो आँखा