मन्दिरै मन्दिरको गाउँ पिठातोला

मन्दिरै मन्दिरको गाउँ पिठातोला


  • 3.9K
    SHARES
    • फाल्गुण ३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.0K Views

    मन्दिरै मन्दिरको गाउँ पिठातोला

    बझाङ, ३ फागुन/तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् । त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला । जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् ।

    images

    खप्तडछान्ना गाउँपालिका–५ मा पर्ने पिठातोलाले मन्दिरको गाउँ उपमा पाएको छ । मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको बझाङ’ जस्तो लाग्छ । आफैँमा पूर्ण लाग्छ । जताततै मन्दिरैमन्दिरको दृश्य देखेर आगन्तुकले “कान्छी गाउँ”को उपमा दिन्छन् । कान्छी गाउँमा पाँचवटा माडौँ छन् ।
    मष्टामाडौँ (ठूली पाँण)

    मष्टामाडौँ (ठूली पाँण) पिठातोलावासीका कुलदेउता हो । यो मन्दिरमा जुन समयमा पनि पूजाआजा हुने गर्छ । परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको उक्त मन्दिरमा केही वर्ष अगाडिदेखि भने आ–आफ्नो टोल तथा घरघरमा पनि पुज्ने गरिन्छ । वर्षको दुई पटक मन्दिरमै पुजिन्छ, हिउँद र वर्षायाममा ।

    खासगरी नमाकी (नयाँ बालीको पूजाआजा) गरिने बेला कुलदेउता (मष्टामाडौँ)को पूजा गरिने स्थानीयवासी कुलप्रसाद जोशी बताउनुहुन्छ । नयाँ बाली भित्र्याएपछि त्यसको पूजा गरेर मात्रै अन्न चलनअनुसार कुलदेउता पूजा गरिने उहाँको भनाइ छ । उहाँका अनुुसार वर्षको दुई पटक मात्रै बाली उत्पादन हुने पिठातोलामा हिउँदे खेती वैशाखमा पाक्ने गर्छ । त्यो बाली भित्र्याएसँगै जेठ–असार वा साउनमा पूजा गरिन्छ भने वर्षायामको बाली धान र कोदो असोजमा भित्र्याइन्छ । यसको नमाकी फागुन–चैतमा पूजाआजा गरिन्छ र अन्न खान सुरु गरिन्छ ।

    पिठातोलाको कुलदेउता ‘मष्टो’ सुरुमा बझाङकै साविकको कँडेल गाविसमा पर्ने बान्नीगढीतिर पूजाआजा गरिन्थ्यो । स्थानीयबासी भानुभक्त जोशीले भन्नुभयो, “एक पटक पिठातोलाका पुर्खा (बाजे)वर्षायाममा साउनको महिना पुजपोखल (पूजा सामग्री) लिएर बान्नीगढी (मष्टामाडौँ भएको ठाउँतिर)जाने क्रममा खोला तर्ने बेलामा बग्नुभएछ ।”

    त्यस्तै बेलामा बान्नीगढीमा चल्दै गरेका देउता रोकिए । उहाँले भन्नुभयो, “वरिपरि बसेका श्रद्धालुले “के भयो परमेश्वर रु’ भनेर प्रश्न गरेछन् । त्यसपछि धामीले जवाफ दिनुभएछ, “खुलीसाँटो पारीको टँगालो आयो, त्यसैलाई तराउन गयाँ (टाढाबाट पूजा गर्न आएको मान्छे खोलामा बग्यो, त्यसैलाई बचाउन गएको थिए) । रोकिएका धामीको हातखुट्टाबाट पानी बगेछ र धामीले भनेछन् एकै छिनमा टँगालो पुग्छ ।” यो कथन अहिले पनि पिठातोलामा चर्चित छ । जोशीका अनुसा झाँक्रीले नभन्दै पिठातोलाका बाजे मन्दिर पुगे । मन्दिरमा एकैछिनमा झाँक्री र उनको वार्ता भयो । झाँक्रीले सोधे, “ए टँगालो आइपुगिस् रु”उहाँले जवाफ दिनुभएछ, “हजुर परमेश्वर आइपुगेँ ।” अब “आज उप्रान्त तैँले उतै मष्टालाई पुजेर खानु” भन्दै झाँक्रीले सिला “ढुङ्गा” दिनुभएछ । घर आउनुभएछ । त्यसपछि पिठातोलामा पनि मष्टो पुज्ने गरेको जोशीले बताउनुभयो ।


    तेस्रो आँखा