एकल महिलालाई न्यानो ज्याकेट 

एकल महिलालाई न्यानो ज्याकेट 


  • 9.1K
    SHARES
    • माघ ३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    एकल महिलालाई न्यानो ज्याकेट 


    ओखलढुंगा, ३ माघ । मानेभञ्ज्याङ गाउँपालिकाले पालिकाभित्रका एकल महिलाहरुलाई न्यानो ज्याकेट वितरण गरेको छ । जाडो छल्नका लागि पालिकाले एकला महिलालाइ न्यानो कपडा वितरण गर्न बार्षीक बजेट विनियोज गरेको थियाे ।

    images

    पालिकाले ५ लाख बजेट छुट्याएर जाडो मौसममा न्यानो ज्याकेट वितरण गरिएको गाउपालिका प्रमुख मोतिराज राईले बताए । ज्याकेट किन्न आर्थिक अवस्था कमजोर भएका एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको उनको भनाइ छ । गाउँपालिका अध्यक्ष मोतिराज राई, उपाध्यक्ष सविता राई लगायतको टोली टोलटोलमै पुगेर न्यानो कपडा वितरण गरेको पालिकाले जनाएको छ ।

    गाउँपालिकाभित्रका ५ सय ३० जना एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको पालिका उपाध्यक्ष सविता राईले बताइन् । 
    ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्र्तगत ज्येष्ठ नागरिकलाई पनि न्यानो कपडा वितरण गर्ने सोच बनाएपनि बजेट अपुग हुनेभएकाले ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्र्तगत के गर्ने भन्ने विषयमा छलफल भैरहेको गाउपालिका प्रमुख राइले तेस्रो आँखालाई बताए ।

    प्ररत्येक वडाका ज्येष्ठ नागरिकहरुका लागि १ लाखका दरले रकम विनियोजन भएको गाउपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक लक्षित ९ लाख बजेट छुट्याएको गाउपालिकाभित्र १२ सय जेष्ठ नागरिक रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # मानेभञ्ज्याङ गाउँपालिका

  • तेस्रो आँखा
    लेखकबाट थप