• ट्रेण्डिङ्ग :
महोत्तरीमा दुई समुदायबीच झडप हुँदा ३ जना घाइते

महोत्तरीमा दुई समुदायबीच झडप हुँदा ३ जना घाइते


  • 4.4K
    SHARES
    • फाल्गुण ५, २०८० शनिबार
    • २ बर्षs अघि
    • 6.7K Views

    महोत्तरीमा दुई समुदायबीच झडप हुँदा ३ जना घाइते

    महोत्तरी ५ फागुन/महोत्तरीको सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ ।

    images

    सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं। २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो । झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । झडपका क्रममा ३ जना सामान्य घाइते भएका छन् ।

    हिन्दु समुदायले निकालेको कलशयात्राका क्रममा मस्जिदमा ढुंगा प्रहार भएको मुसलमान समुदायको दाबी छ । कलश यात्राका आयोजकहरुले भने मस्जिदमा ढुंगा प्रहार नभएको दाबी गरेका छन् ।


    तेस्रो आँखा