• ट्रेण्डिङ्ग :
एएफसी कपमा मछिन्द्रले श्रीलंकाको ब्लु स्टारसँग खेल्ने 

एएफसी कपमा मछिन्द्रले श्रीलंकाको ब्लु स्टारसँग खेल्ने 


  • 7.5K
    SHARES
    • माघ ३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    एएफसी कपमा मछिन्द्रले श्रीलंकाको ब्लु स्टारसँग खेल्ने 

    काठमाडौं, ३ माघ । एएफसी कप छनोट २०२२ प्ले अफको पहिलो खेलमा नेपालको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टारको विरुद्ध प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

    images

    सोमबार एसियाली फुटबल महासंघ (एएफसी) ले जारी गरेको तालिका अनुसार सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्रले श्रीलंकन सुपर लिग विजेतसँग खेल्ने पक्का भएको हो ।

    मछिन्द्र क्लब जारी ए डिभिजन लिगको सातौं चरणसम्म आईपुग्दा तालिकाको शिर्ष स्थानमा रहेकोले उसले पहिलो पटक एएफसी कप खेल्ने मौका पाएको हो । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले एएफसी कप खेल्ने अवसर गुमाएको थियो । 
    यस पटक मछिन्द्रले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ । साथमा मनाङ, त्रिभुवन आर्मी र एपीएफले को पनि क्लब लाइसेन्स रहेको छ ।

    दक्षिण एसिया क्षेत्रमा रहेको मछिन्द्र र ब्लु स्टारबीचको खेल आगामी अप्रिल पाँचमा हुने छ । यस खेल दशरथ रंगशालामा हुने छ । यो खेल जित्ने टोलिले भारतको मोहन बगानसँत खेल्ने छ । जुन खेल भने अप्रिल १२ मा हुनेछ । 


    तेस्रो आँखा