सञ्चार माध्यममा आएको विषयप्रति यादवकाे ध्यानाकर्षण

सञ्चार माध्यममा आएको विषयप्रति यादवकाे ध्यानाकर्षण


  • 15.8K
    SHARES
    • माघ ३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 24.3K Views

    सञ्चार माध्यममा आएको विषयप्रति यादवकाे ध्यानाकर्षण

    काठमाडौं, ३ माघ । आदर्श रात्री आधारभुत विद्यालयका प्रधानाध्यापक शोभाराम यादवले उनलाई जोडेर सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

    images

    उनले विद्यालयको रकम प्रअको व्यक्तिगत खातामा राखेको विषयमा आएको समाचारप्रति ध्यानाकर्षण भएको बताएका हुन् । आफ्नो खातामा राखिएको विद्यालयको रकम विभिन्न शिर्षकमा भुक्तानी गरेको उनले दावी गरेका छन् ।

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि आएको अठार लाख रकम मध्य चौध लाख रुपैयाँ रामलाल रानालाई बुझाएको र बाँकी चार लाख विद्यालय व्यवस्थापनका अध्यक्षमार्फत बुझाएको बताएका छन् ।

    समाचारमा आएको विषयले आफ्नो चरित्र हत्या भएको कुरा उल्लेख गरेका यादवले विद्यालयको पैसा आफ्नो खातामा राखेको स्विकार गरेका छन् ।  

  • सम्बन्धित विषय:

  • # शोभाराम यादव
  • # सञ्चार माध्यम

  • तेस्रो आँखा