अफगानानिस्तानमा भूकम्पः कम्तिमा २६ को मृत्यु, दर्जनौं घाईते

अफगानानिस्तानमा भूकम्पः कम्तिमा २६ को मृत्यु, दर्जनौं घाईते


  • 5.7K
    SHARES
    • माघ ४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    अफगानानिस्तानमा भूकम्पः कम्तिमा २६ को मृत्यु, दर्जनौं घाईते

    काबुल, ४ माघ । अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु भएको छ। पश्चिमी अफगानिस्तानमा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प जाँदा अन्य दर्जनौं घाईते भएका छन्। भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ। 

    images

    घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको हो । ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको मृत्यु भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले भने । 

    भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरुमा जनाइएको छ । भूकम्पले पु¥याएको क्षतिको वृस्तिृत विवरण सार्वजनिक हुन बाँकी नै छ । 

    यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ ।
    क्वादिस जिल्ला यसअघि पनि खडेरीका कारण प्रभावित भएको थियो ।

    भूकम्पको असर पाकिस्तान र भारतसम्म महशुस गरिएको थियो । (एजेन्सी)


    तेस्रो आँखा