'क्यानडाबाट पठाएको मेलबाट चीनमा ओमिक्रोन प्रवेश गर्‍यो'

'क्यानडाबाट पठाएको मेलबाट चीनमा ओमिक्रोन प्रवेश गर्‍यो'


  • 6.0K
    SHARES
    • माघ ४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    'क्यानडाबाट पठाएको मेलबाट चीनमा ओमिक्रोन प्रवेश गर्‍यो'

    एजेन्सी, ४ माघ । बेइजिङमा हालै देखिएको कोभिडको नयाँ भेरियन्ट 'ओमिक्रोन'  क्यानडाबाट पठाएको मेलमार्फत प्रवेश गरेको हुनसक्ने चिनियाँ सञ्चार माध्यमहरुले अनुमान गरेका छन् ।

    images

    १५ जनवरीमा बेइजिङमा एक जनामा संक्रमण देखिएको थियो । संक्रमितको आवासीय कम्पाउन्ड र कार्यक्षेत्र सील गरिएको छ ।

    बेइजिङको रोग उन्मुलन तथा नियन्त्रण केन्द्रका उपनिर्देशक पाङ सिङहुओले संक्रमितले ७ जनवरीमा क्यानडाबाट एउटा पत्र प्राप्त गरेको बताएकी छिन् । ती पुरुष संक्रमणको कारण उनको ‘पोस्ट’ भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनले बाहिरबाट बारम्बार मेल प्राप्त गरेको उनले बताएका छन् । 

    मेलमा सम्पर्कमा रहेका सबै कर्मचारीहरु अहिले क्वारेन्टिनमा छन् । अहिलेसम्म आठ जनाको परीक्षण नेगेटिभ आएको छ । चिनियाँ अधिकारीहरुले मेलमार्फत भाइरस निर्याता भएको दाबी गरे पनि केही अनुसन्धानकर्ताहरु भने यसबारे शंका व्यक्त गर्दै आएका छन्। भाइरस लामो समय सतहमा बाँच्न नसक्ने ती अधिकारीहरुले बताएका छन् । 

     

  • सम्बन्धित विषय:

  • # चीन
  • # ओमिक्रोन
  • # क्यानडा

  • तेस्रो आँखा