• ट्रेण्डिङ्ग :
मेस्सी र सलाहलाई पछि पार्दै लेवान्डोस्कीले जिते फिफा वेष्ट अवार्ड

मेस्सी र सलाहलाई पछि पार्दै लेवान्डोस्कीले जिते फिफा वेष्ट अवार्ड


  • 7.9K
    SHARES
    • माघ ४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    मेस्सी र सलाहलाई पछि पार्दै लेवान्डोस्कीले जिते फिफा वेष्ट अवार्ड

    एजेन्सी, ४ माघ । लियोनल मेस्सी र मोहम्मद सलाहलाई पछि पार्दै बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा वेस्ट अवार्ड २०२१ को उपाधि जितेका छन् ।

    images

    लेवान्डोस्कीको यो लगातार दोस्रो अवार्ड हो ।उनले अघिल्लो वर्ष २०२० को पनि उपाधि जितेका थिए । ३३ वर्षिय लेवान्डोस्कीले अवार्ड जितेपछि खुसी व्यक्त गर्दै आफूलाई गर्व महसुुस भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘मैले यो सम्मान पाउँदा गर्वको महसुस गरेका छु । यसको श्रेय मेरो टोलीका साथीहरु र प्रशिक्षकहरुमा जान्छ ।’
    यसैगरि पोर्चुगली स्टार म्यानचेष्टर युनाइटेडका क्रिष्टियानो रोनाल्डोले स्पेशल अवार्ड जितेका छन् भने बार्सिलोनाकी एलेक्सियाले उत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छन् ।

    त्यस्तै चेल्सीका थोमस टुचेलले उत्कृष्ट प्रशिक्षक र चेल्सीकै एवार्ड मेन्डीले उत्कृष्ट गोल रक्षकको उपाधि जितेका छन् । 

     

    271664664_666368181163958_8625868817033397570_n.png