पिएम कप : बाग्मतीलाई हराउँदै पुलिस उपाधि नजिक 

पिएम कप : बाग्मतीलाई हराउँदै पुलिस उपाधि नजिक 


  • 5.6K
    SHARES
    • माघ ४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    पिएम कप : बाग्मतीलाई हराउँदै पुलिस उपाधि नजिक 

    काठमाडौं, ४ माघ । नेपाल पुलिस बाग्मतीलाई हराउँदै प्रधानमन्त्रीकप २० पुरुष प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

    images

    कीर्तिपुरसस्थित त्रिवि क्रिकेट रंगशालामा भएको सेमिफाइनलको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

    मंगलबार भएको खेलमा टस जितेर ब्याटिङ रोजको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रनको योगफल तयार पारेको थियो । पुलिसका लागि पवन सर्राफले ५९, दिपनाथले ३१ र अनिल शाहले २५ रन जोडेका थिए।

    १ सय ५६ रनको लक्ष्य पछ्याएको बाग्मतीका लागि आदिल खानले २७, कप्तान ज्ञानेन्द्र मल्लले २३ र राम नरेश गिरीले अविजित २२ रन बनाए ।

    पुलिसका दिपेन्द्र सिंह ऐरिले सर्वाधिक पाँच विकेट लिए भने सागर ढकालले दुई तथा आरिफ शेखले एक विकेट लिए । बाग्मतीका नन्दन यादव र रिजन ढकालले समान दुई दुई विकेट लिए भने प्रतिस जिसीले एक विकेट हात पारे ।

    जितसँगै विभागीय टोली नेपाल पुलिस फाइनल पुग्ने पहिलो टोली बनेको छ । पुलिसले अब फाइनलमा उपाधिका लागि त्रिभुवन आर्मी र एपीएफबीचको खेलको विजेतासँग खेल्नेछ ।     

  • सम्बन्धित विषय:

  • # पिएम कप
  • # बाग्मती
  • # पुलिस

  • तेस्रो आँखा